काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र एमएडब्लु बृद्धि मोर्टस प्रालिबिच विद्युतीय (ईभी) गाडीमा कर्जा लगानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अनुसार वार्षिक सात दशमलव सात ७७ प्रतिशत स्थीर ब्याजदरमा निजी सवारी (रातो प्लेट) को नामी र सेरेस विद्युतीय गाडीका लागि मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी बैंकले अधिकतम एक करोड रुपैंयासम्म कर्जा लगानी गर्ने छ।
कर्जा रकमको शुन्य दशमलव ७५ प्रतिशत सेवा शुल्क लाग्ने छ । गाडीको कोटेशनमा अंकित मुल्यको विद्युतीय गाडी को बढिमा ८० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने छ भने बढिमा सात वर्ष सम्म कर्जा अवधि दिइने यो सम्झौता २०८१ कात्तिक मसान्तसम्म मात्र लागू हुने छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा दुई सय ९४ वटा शाखा कार्यालय, तीन सय १२ वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउन्टर रहेको छ।