काठमाडौं । अविरल वर्षाका कारण देशभर सडक पूर्वाधारमा ठूलो क्षति पुगेको छ । दसैंको मुखैमा कतै बाढीले सडक बगाएको छ त कतै जिल्ला जोड्ने पक्की पुल बगाएर आउजाउ बन्द छ।
वीपी राजमार्गको धेरै पनि ठाउँमा समस्या छ । दशैँको मुखमा आएको बाढिले पुर्व जाने धेरै मानिसहरु समस्यामा पर्ने देखिएको छ।
नजिकिदै गरेको दशैँलाई ख्याल गदैँ सडक विभागले वीपी राजमार्गमा भएका समस्या हटाउन लागीपरेको छ।
सडक विभागका महानिर्देशन रामहरि पोखरेल अनुसार दशैँअघि पानी नपरे वीपी राजमार्ग अस्थायी रुपमा सञ्चालनमा आउने छ । उनले भनेँ- ‘विभिन्न ठाउँमा रहेका मेसिनहरूलाई लगेर सडक खोल्ने काम भइरहेको छ । यस क्षेत्रको धेरै ठाउँमा पानी नपरे एक हप्ताभित्र अस्थायी रूपमा सडक सञ्चालनमा आउने छ । दसैंअघि नै सडक खोल्नेगरी नै काम हुँदै छ । खुर्कोटको पुल मर्मत गरेर सवारी सञ्चालनमा ल्याउने काम पनि भइरहेको छ ।’