काठमाडौं । गत आर्थिक बर्षको अन्तसम्ममा पनि शेयर बजार परिसुचक नेप्से १६ देखि दुई हजार बिन्दुमा वरिपरि घुमेको थियो । अर्थतन्त्र कमजोर रहेका कारण बजार बढ्न सकेको थिएन । बैक तथा फाईनान्स कम्पनीहरूले आफुले बिगतमा प्रवाह गरेको कर्जाबाट सावाँ व्याज असुली गर्न सकेका थिएनन् भने बजारमा नयाँ कर्जाको माग पनि थिएन।
बजार सुस्त रहेको थियो । बस्तु तथा सेवा बजार लगभग सुन्य जस्तै थियो । राजधानीका मुख्य व्यापारिक ठाउँहरूमा धेरै वटा व्यवसायीयक सटरहरू खाली रहेका थिए । बजारमा जति लगानी गरेपनि प्रतिफल आउन सक्ने अवस्था थिए । बजार निकै नैं सुस्त रहेको थियो । यही अवस्थाबाट शेयर बजार पनि गुज्रिरहेको थियो । यो अवस्थामा बैंक तथा फाईनान्स कम्पनीहरूले शेयर धितोमा प्रवाह गर्ने कर्जा अर्थात मार्जिन लोन पनि घटाएका थिए ।
यो अवस्थामा सरकार परिवर्तन भई अर्थमन्त्रीकोरुपमा नेकपा एमालेकातर्फबाट बिष्णु पौडेलले बागडोर सम्हाले । त्यसपछि शेयर बजारले क्रमश उकालो यात्रा सुरु गर्यो । बिगतमा १९ सय बिन्दुमा वरिपरि घुमेको नेप्से परिसुचक तीन हजार बिन्दुमा नजिक पुग्यो । शेयरबजारको यही उचाईकारण पनि हुन सक्छ पछिल्लो समय बैंक तथा फाईनान्स कम्पनीहरूले शेयर धितोमा प्रवाह गर्ने कर्जा बढाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पहिलो महिनासम्ममा सञ्चालनमा रहेका २० वटा बाँणिज्य बैंक, क्षेत्रिय र राष्ट्रियस्तरका समेत गरी १७ वटा बिकास बैंक र १७ वटा फाईनान्स कम्पनी सहितका कुल ५४ वटा बैंक तथा फाईनान्स कम्पनीहरूले शेयर धितोमा मात्र कुल ९१ अर्ब ४४ करोड ३० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आर्थिक बर्षको सोही अवधिको भन्दा १५ अर्ब तीन करोड रुपैंयाँले बढी हो । राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिमा सञ्चालनमा रहेका २० वटा बाँणिज्य बैंक, १७ वटा बिकास बैंक र १७ वटा फाईनान्स कम्पनीह्रूले शेयर धितोमा मात्र कुल ७६ अर्ब ४१ कारेड ३० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका थिए।
राष्ट्र बैंकका अनुसार चालु आवको साउन मसान्तसम्ममा सञ्चालनमा रहेका २० वटा बाँणिज्य बैकहरूले मात्र शेयर धितो शिर्षकमा कुल ७१ अर्ब ६९ करोड ३० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा १२ अर्ब ७९ करोड १० लाख रुपैंयाँले बढी हो । गत आवको सोही अवधिमा बाँणिज्य बैंकहरूले शेयर धितो शिर्षकमा कुल ५८ अर्ब ९० करोड २० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका थिए । सञ्चालनमा रहेका १७ वटा बिकास बैंकहरूले भने चालु आवको पहिलो महिनासम्ममा शेयर धितो शिर्षकमा कुल १५ अर्ब ६८ करोड २० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकका अनुसार यो कर्जा गत आवको सोही अवधिको तुलनामा एक अर्ब ८२ करोड ५० लाख रुपैंयाँले बढी हो । गत आवको सोही अवधिमा बिकास बैकहरूले शेयर धितो शिर्षकमा कुल १३ अर्ब ८५ करोड ७० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका थिए।
सञ्चालनमा रहेका १७ वटा फाईनान्स कम्पनीहरूले भने चालु आवको पहिलो महिनासम्ममा शेयर धितो शिर्षकमा कुल चार अर्ब छ करोड ८० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका छन् । फाईनान्स कम्पनीहरूले शेयर धितो शिर्षकमा प्रवाह गरेको यो कर्जा गत आवको सोही अवधिको तुलनामा ४१ करोड ३० लाख रुपैंयाँले बढी हो । राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिमा फाईनान्स कम्पनीहरूले शेयर धितो शिर्षकमा कुल तीन अर्ब ६५ करोड ५० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका थिए।