बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

चणिकलाल तामाङलाई कार्यवाहक प्रधानमन्त्री सिंहले गरे सम्मान

सोमबार, असोज १४ २०८१

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नख्खु खोलाले बगाएका दुई जनाको उद्धार गर्ने चणिकलाल तामाङको साहसको प्रशंसा गर्दै सम्मान गरेका छन् ।

सोमबार सहरी विकास मन्त्रालयमा बोलाएर कार्यवाहक प्रधानमन्त्री सिंहले तामाङलाई सम्मान गरेका हुन् ।

तामाङले शनिबार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेर बचाएका थिए । टहराको छानामाथि चढेर गुहार मागिरहेका चार जनालाई सरकारी निकायले उद्धार गर्न नसकेपछि उनीहरु टहरासँगै बगेका थिए ।