बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

आन्दोलनरत चिकित्सक र सरकारबीचको वार्ता निष्कर्षविहिन

सोमबार, फाल्गुन १३ २०७५

काठमाडौं फागुन, १३–
सरकार र  आन्दोलनरत सरकारी चिकित्सक संघबीच भएको वार्ता विनानिष्कर्ष सकिएको छ ।   सोमबार स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादव र आन्दोलनरत सरकारी चिकित्सकबीच भएको वातामा कुनै सहमति हुननसकेको सरकारी चिकित्सक संघका अध्यक्ष डाक्टर दिपेन्द्र पाण्डेले बताए । 

मन्त्रालयले चिकित्सकको माग जायज भएको स्वीकारे पनि  निकासको बाटो तय हुन नसक्दा वार्ता निष्कर्षविहिन बन्न पगेको बताईएको छ । 

सरकारी चिकित्सक संघले कर्मचारी समायोजनको विषयमा विरोध जनाउँदै आएको  छ । उसले माग सम्बोधनको लागि आइतबारदेखि लागू हुने गरी सरकारलाई ७२ घण्टे अल्टिमेटम समेत दिएको छ । 

संघले मंगलबारसम्म माग सम्बोधन नभए बुधबारदेखि स्वास्थ्य सेवा ठप्प पार्ने  चेतावनी दिएको छ ।