काठमाडौं । अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेर हद लगाउनुपर्ने बहस हुँदै आएको थियो । उमेर हदको बहस अघिल्ला राष्ट्रिय सम्मेलनदेखि नै हुँदै आएको हो तर लागु हुन सकेको थिएन्।
तर यसपटक नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीले नयाँ नेतृत्व चयनमा उमेरको हदबन्दी लगाउने कि नलगाउने भन्ने निर्णय निर्वाचनमार्फत् गर्ने भएको छ ।। माओवादि केन्द्रका अध्यक्ष प्रचण्डसँगको छलफलपछि अखिल क्रान्तिकारीका तत्कालिन अध्यक्षलगायत पदाधिकारीहरु निर्वाचनमार्फत उमेरहद टुङ्गोमा पुर्याउने समझदारीमा पुगेका हुन्।
पहिलो चरणमा उमेरहद लगाउने वा नलगाउने प्रस्तावबारे निर्वाचन हुनेछ । यदि उमेरहद लगाउने बिषयमा बहुमत प्रतिनिधिले मतदान गरे २८ बर्ष, ३० बर्ष, ३२ बर्ष लगाउनेबारे पनि निर्वाचनमार्फत नै टुङ्गो लगाउने अखिल क्रान्तिकारीका उपाध्यक्ष इन्द्र भुसालले जानकारी दिए। उनले भनेँ ‘पाटि अध्यक्षको निर्देशन, पदाधिकारीको समझदारी तथा हलको माग अनुसार उमेरहदबारे निर्वाचन हुन लागेको हो । हलको निर्णयलाई स्वागत गर्ने अध्यक्ष प्रचण्डले भन्नुभयो।’
अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनको जारी बन्दसत्रमा उमेरहद राख्नुपर्ने सुझाव आएको थियो । आइतबार त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा सुरु भएको बन्दसत्रमा कतिपयले उमेरहद राख्न नहुने सुझाव पनि दिएको एक पदाधिकारीले जानकारी दिए ।
ती पदाधिकारीका अनुसार ५ वटा ग्रुपले उमेरहद राख्न जरुरी नभएको धारणा राखेका थिए । दुईवटा ग्रुपले मत विभाजन गर्नु र उमेरहद लगाउनुपरे २८ वर्ष राख्नुपर्ने मत राखेका थिए । ३ वटा ग्रुपले २८ वर्ष उमेरहदल राख्नुपर्ने पक्षमा उभिएका थिए ।
यदि उमेर हद लागू भएमा अखिल क्रान्तिकारीका अध्यक्षका दाबेदार रहेका उपाध्यक्ष, महासचिवसमेत अध्यक्षको दौडबाट बाहिरीने छन।