बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्राइम कमर्सियल बैकको रक्तदान कार्यक्रम सम्पन्न

शनिबार, असोज १२ २०८१

काठमाडौं : प्राइम कमर्सियल बैंक लिमिटेडले रक्तदान कार्र्यक्रम सम्पन्न गरेको छ । बैंकले यही असोज ११ गते आफ्नो १७ औ वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय कमलपोखरी काठमाण्डौ, कोशी प्रदेश कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय वीरगंज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल, कर्णाली प्रदेश कार्यालय छिन्चु, सुर्खेतमा गरि देशभर छ स्थानमा रक्तदान कार्याक्रम सम्पन्न गरेको हो ।

रक्तदान कार्यक्रममा बैकका कर्मचारी तथा शुभेच्छुकहरु गरी तीन सय ९२ जनाले रक्तदान गरेका थिए । सो कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत संजिव मानन्धरले सम्पुर्ण रक्तदाता तथा प्रबिधिकहरुलाई धन्यवाद दिदै, मानवजिवन रक्षाकोलागि अत्यावश्यक गत संकलन गर्ने कार्यक्रम आयोजन गरि सम्पन्न गर्न पाउँदा अत्यन्तै खुसी लागेको धारण राखे । आगामि दिनमा पनि यस्तै बिभिन्न सामाजिक सेवाका कार्यहरु गर्दैजाने प्रतिबद्घता पनि व्यक्त गरे ।