बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अनेरास्ववियु (क्रान्तिकारी)मा गुटगत राजनीतिको छायाँ, नेतैपिच्छेका दाबेदार

शुक्रबार, असोज ११ २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ सम्मेलन काठमाडौंमा सुरु भएको छ । त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा बिहीबारदेखि सुरु भएको सम्मेलनको माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका हुन्। असोज १४ गतेसम्म चल्ने सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । २१औँ राष्ट्रिय सम्मेलनमा निर्वाचनबाट रञ्जित तामाङ अध्यक्ष चुनिएका थिए। त्यसपछि २०७४ भदौमा सम्पन्न २२औँ सम्मेलनले नेतृत्व नै छान्न सकेन । लामो समयसम्म नेतृत्व चयन हुन नसकेपछि पार्टी अध्यक्ष प्रचण्डले नै पञ्चा सिंहलाई अध्यक्ष घोषणा गरेका थिए। ‘भ्रष्टाचारको अन्त्य र सुशासन सुनिश्चितताका निम्ति हाम्रो आन्दोलन, रोजगार, उत्पादन र समाजवादी शिक्षाको लागि २३औँ राष्ट्रिय सम्मेलन’ मूल नारासहित सुरु भएको सम्मेलनले प्रतिस्पर्धाबाट नेतृत्व छान्ने नेताहरूको दाबी छ । अधिकांश कमिटीहरूमा निर्वाचनबाट नेतृत्व र राष्ट्रिय सम्मेलन प्रतिनिधि छनोट पनि भइसकेका छन् ।

पार्टीमा अभ्यास भइरहेको गुटगत राजनीतिको छायाँ विद्यार्थी संगठनमा पनि देखिएको छ । पार्टीका शीर्ष नेतैपिच्छेका अध्यक्ष र पदाधिकारी आकांक्षी छन् । संगठनको अध्यक्षमा मात्रै झण्डै एक दर्जन भन्दा बढि आकांक्षी छन् । तीमध्ये उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा पक्षका आकांक्षीलाई बलियो दाबेदार मानिएको छ । त्यसैमा नारायणकाजी पक्षका पनि उम्मेदवार रहेको अखिलका नेताहरू बताउँछन् । उसो त उपाध्यक्ष पम्फा भुसाल र महासचिव देव गुरुङ खेमाबाट पनि अध्यक्षमा दाबेदारी दिइरहेका छन् । उनीहरूको समर्थन रहेका नरेश रेग्मीले अध्यक्षमा दाबी प्रस्तुत गरेका छन्। वर्षमान पुनको समर्थन उपाध्यक्ष इन्द्र कुमार भुसाल, महासचिव दिपेश पुन मध्ये एकलाई रहनेछ। अध्यक्ष प्रचण्डसमेतको समर्थन बर्षमान पुनले समर्थन गरेको टिमलाई नै रहने नेताहरु बताउँछन्।

नारायणकाजी श्रेष्ठ समूहका पवन कार्की पनि अध्यक्षमा भिड्ने दाउमा छन्। तर उनलाई पदको बिषय नमिल्दा दुई बर्षसम्म संगठनलाई दुई चिरा बनाएको आरोप लाग्ने गरेको छ । सचिव, केन्द्रीय सदस्य थप गरेसँगै समानान्तर गतिविधि रोकेकै कारणले कार्कीलाई पदका लागि हदै सम्म गिर्ने सक्ने नेताको रुपमा चित्रित अखिल क्रान्तिकारीका कार्यकर्ताको रहेको छ । प्रचण्डसमेतसँग नजिक रहेका पवनलाई समानान्तर गतिविधिमा लागेकै कारण अध्यक्षमा कार्कीलाई सहयोग नगर्ने प्रचण्डको बुझाई रहेको माओवादि केन्द्रका नेता बताउँछन् । लुम्बिनीका पूर्व-मुख्यमन्त्री जोखबहादुर महराका छोरा तुकमान पनि अध्यक्षका दाबेदार रहेका छन्। २१औँ सम्मेलनसम्म अखिल क्रान्तिकारीमा जनार्दनका भाइ अनिल शर्मा नेतृत्वको दाबेदार थिए । तर, उनी रञ्जित तामाङसँग पराजित भएका थिए। जनार्दनको समूहमा अध्यक्षका प्रत्यासीहरूको भिड छ । मदन भूल, मदन भट्टराई, नारायण खनाल, क्षितिज सापकोटा, डा. अच्युतप्रसाद भट्टलगायत अध्यक्षका दाबेदार रहेका छन्। संगठनका उपाध्यक्ष केशव रावल भने पाटिको गुट भत्काएर अध्यक्षमा  कार्यकर्ताले आफुलाई रोज्ने दावी गछर्न।

अध्यक्षमा मात्र हैन संगठनको अर्को कार्यकारी पद महासचिवमा समेत नेतापिच्छेको उम्मेदवार रहेको छन् । महासचिवमा सुदन किराँतीका स्वकीय सचिवसमेत रहेका हेमन्त राई, उपत्यका विशेष कमिटी इञ्चार्ज रहेका प्रसुन कार्की लगायतले पनि रुचि देखाएका छन्। सशस्त्र युद्धमा समेत प्रतक्ष सहभागी भएका कार्कीलाई महासचिवको बलियो दाबेदारको रुपमा हेरिएका छ । त्यस्तै हालका सचिव बालकुमार केसी, मदन लिम्बू पनि महासचिवका दाबेदार रहेका छन्। वर्षमाननिकट गण्डकीका सुदिन पौडेल र जनार्दननिकट कास्कीकै नारायण बरालले पनि महासचिवमा रुचि देखाएका छन्।