आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ

बिहिबार, असोज १० २०८१

कैलाली । लम्कीचुहा नगरपालिका–३ व्यवस्थितनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ७० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका–२ बस्ने १९ सुजन परियार र २१ वर्षीय रोहित नेपाली रहेका छन् । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।