आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

शुक्रबार, असोज ४ २०८१

काठमाडौं । नेपाल पत्रकार महासंघका कार्यवहाक अध्यक्ष रमेश विष्टले पनि राजीनामा दिएका छन्। पत्रकारिता नगरेका र फारम नभरेका करिब ४ सय व्‍यक्तिलाई सदस्यता दिएको बिषयमा असन्तुष्ट व्यक्त गर्दै विष्टले राजीनामा दिएका हुन्।

यसअघि महासंघका अध्यक्ष बिपुल पोखरेलले पदबाट राजीनामा दिएपछि उपाध्यक्ष विष्ट कावा अध्यक्ष भएका थिए।

पछिल्लो परिघटनामा विभिन्न राजनीतिक पार्टीका भ्रातृ संस्थाहरूले महासंघलाई आफ्नो राजनीतिक र व्यक्तिगत स्वार्थपूर्ति गर्ने मैदान बनाउँदा निर्वाचन प्रक्रिया अघि बढ्न नसके विष्टले जारी गरेको विज्ञप्तिका छ।

‘राजनीतिक दल आवद्ध पत्रकारका संगठनले महासंघको विधि विधान र संरचनालाई समेत लत्याएर पत्रकारितासँग साइनो नभएका करिब साढे ४ सय व्यक्ति सदस्यका रूपमा थप्न बाध्य पार्नु नाङ्गो हस्तक्षेपको नमूना हो ‘, विष्टले राजीनामा पत्रमा उल्लेख गरेका छन्।

महासंघको निर्वचन समितिले आजै एक सूचना प्रकाशित गरि निर्वाचनका कार्यक्रम स्थगित भएको जानकारी दिएको थियो ।