आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो आज ?

शुक्रबार, असोज ४ २०८१

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

शुक्रबार सुन तोलामा १५ सयले बढेपछि आज प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको हो ।

यसअघि विहिबार सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १९१५ रुपैयाँमा कारोबार भईरहेकोमहासंघले जानकारी दिएको छ ।