आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

काठमाडौँको दरबारमार्गमा सवारी आवागमनमा रोक

बुधबार, असोज २ २०८१

काठमाडौं । काठमाडौँको दरबारमार्गमा सवारी आवागमनमा रोक लगाएको छ ।

असोज ३ (भोलि) संविधान दिवसको अवसरमा सरकारले नारायणहिटी दरबारअगाडि सांगीतिक कार्यक्रम गर्ने भएकोले सवारी आवागमनमा रोक लगाएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी कार्यालयका अनुसार केशरमहल चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिण गेटतर्फ आउने सवारी साधनलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र शालिक चोकबाट दक्षिण गेटतर्फ जाने सवारी साधनलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको छ । सरकारले बिहीबार संविधान दिवसको मूल समारोह भने सैनिकमञ्च टुँडिखेलमा आयोजना गर्नेछ ।