आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

न्यूनतम साझा कार्यक्रमको मस्यौदा निर्माण अन्तिम चरणमा

मंगलबार, असोज १ २०८१

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा निर्माण अन्तिम चरणमा पुगेको छ।

प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएपछि सत्ता साझेदार दलहरु नेकपा एमाले र नेपाली कांग्रेसले साझा कार्यक्रम तय गर्नका लागि कार्यदल गठन गरेको थियो । सो कार्यदलले आफ्नो काम अन्तिम चरणमा पुर्याएको छ।

कार्यदल सदस्य तथा कांग्रेस नेता डा। प्रकाशशरण महतले कार्यदलले काम गरिरहेको भन्दै बुधबार बेलुकासम्म मस्यौदालाई अन्तिम रूप दिने तयारी भएको बताए।

न्यूनतम साझा कार्यक्रम बजेट र सरकारको नीति तथा कार्यक्रमसँग मेल खानेगरी तयार गरिएको नेताहरुले बताएका छन् । कार्यदलमा काँग्रेसका तर्फबाट महामन्त्री गगन थापा र नेता प्रकाशशरण महत हुनुहुन्छ भने एमालेबाट उपमहासचिवहरू प्रदीपकुमार ज्ञवाली र विष्णु रिमाल रहेका छन्।

कार्यदलले मस्यौदा निर्माणको काम समयमै सकेमा प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिका जानु अघि नै सार्वजनिक गर्ने तयारी भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै असोज ४ गते महासभामा भाग लिन अमेरिका जाँदै छन् ।