आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

बिकास बैंकहरुको एक महिनाको नाफा ८५ करोड

सबैभन्दा बढी नाफा कमाउनेमा साइन रेसुङ्गा डेभलपमेन्ट बैंक

मंगलबार, असोज १ २०८१

काठमाडौं । सञ्चालनमा रहेका १७ वटा बिकास बैंकहरुले चालु आर्थिक बर्षको पछिल्लो एक महिना अर्थात साउन महिनामा मात्र ८५ करोड ३८ लाख रुपैंयाँ खुद मुनाफा कमाएको देखिएको छ । नेपाल राष्ट्र बैंकले पछिल्लो पटक सार्वजनिक गरेको बैंैक तथा फाईनान्स कम्पनीहरुको निक्षेप तथा कर्जा प्रवाह सम्वन्धी विवरण अनुसार क्षेत्रिय र राष्ट्रियस्तरका समेत गरी १७ वटा बिकास बैकहरुले पछिल्लो एक महिनामा उक्त मुनाफा कमाएका हुन।

राष्ट्र बैंैकका अनुसार सञ्चालनमा रहेका १७ वटा मध्ये ११ वटा बिकास बैकहरुले नाफा कमाएपनि छ वटा बिकास बैकहरुले भने खुद नोक्सानी बेहोरेका छन् । बिकास बैंकहरु मध्येमा सबैभन्दा बढी नाफा साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले कमाएको छ । साइन रेसुङ्गाले पछिल्लो एक महिनामा २० करोड २० लाख रुपैयाँ खुद मुनाफा कमाउँदा मुक्तिनाथ विकास बैंकले १६ करोड ९६ लाख रुपैयाँ मात्र खुद खुद मुनाफा कमाएको देखिएको छ । महालक्ष्मी विकास बैंकले १० करोड ५७ लाख रुपैंैयाँ खुद मुनाफा कमाउँदा गरिमा विकास बैंकले नौं करोड ४६ लाख रुपैंयाँ खुद मुनाफा कमाएको छ । चालु आवको साउन महिनामा कामना सेवा विकास बैंकले भने आठ करोड ५८ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ।

राष्ट्र बैंक्का अनुसार यि बाहेकका बाँकी बिकास बैकरुले भने खुद नोक्सानी बेहोरेका छन् । जसमध्ये एक्सेलले खुद छ करोड ३७ लाख, ग्रिन डेभलपमेन्ट बैंकले ८६ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकले ५४ लाख, नारायणी डेभलपमेन्ट बैंकले ५१ लाख, कर्णाली डेभलपमेन्ट बैंकले ४८ र मितेरी डेभलपमेन्ट बैंकले २२ लाख रुपैयाँ खुद नोक्सानी बेहोरेको राष्ट्र बैंकको भनाई छ।