आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सिटी एक्सप्रेसको दशैं–तिहार योजना सार्वजनिक

सोमबार, भाद्र ३१ २०८१

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले १८ वर्ष प्रवेश गरेको अवसरमा आफ्ना ग्राहकसंग पर्वको खुशी साट्न लगातार ९० दिनसम्म सञ्चालन हुने “१८ औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौ गुणा” उपहार योजना सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना २ जनालाई सामसुङको स्मार्ट फोन, हरेक हप्ता २ जनालाई सामसुङको स्मार्ट टीभी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेतालाई जनही ५०० सय रुपैयाँको वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजना रहेको छ । यो योजना १ असोजदेखि ३० मंसिरसम्म लागु हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुन सक्ने कम्पनीको भनाई छ।

उपहारको विजेता छनोट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु नहुने कम्पनीले जानकारी दिएको छ।