आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै

संसद्मा जारी अवरोध हटाउन माओवादि सकारात्मक

सोमबार, भाद्र ३१ २०८१

काठमाडौं । सोमबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक चल्न दिन माओवादी केन्द्र सकारात्मक भएपछि प्रधानमन्त्री ओलीले सम्बोधनको तयारी गरेका हुन् ।

एमालेका सांसद योगेश भट्टराईले माओवादी जनयुद्धलाई होच्याउने, अपमान गर्ने गरी हिंसा शब्द प्रयोग गरेकोमा आपत्ति जनाउँदै माओवादीले संसद् अवरोध गर्दै आएको थियो । तर आजको बैठकमा आफ्ना भनाइ राखेर संसद् अवरोध खुलाउन माओवादी सकारात्मक देखिएको हो । प्रमुख सचेतक हितराज पाण्डेले सदनमा आफ्ना कुरा राखेर प्रधानमन्त्रीको सम्बोधनमा अवरोध नगर्ने सङ्केत गरे ।