आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

फौजमा भन्ने एक, गर्ने अनेक

आइतबार, भाद्र ३० २०८१

नियमलाई कडाइसाथ लागू गर्न खोज्ने आइजिपी राजु अर्याल घरीघरी आफ्नो निर्णयबाट आफैं पछाडि सरेको अनुभूति सशस्त्र प्रहरीले गर्न थालेका छन् । नेता भेट्दा पुर्जी काट्ने अर्यालले नेताकै दबाबका कारण कतिपयको सरुवा गरेपछि यस्तो अनुभूति हुन थालेको हो ।

पहिला टिकापुरस्थित तालिम केन्द्रको कमाण्डेन्ट भएर बसेका एसएसपी नरेन्द्र सेनलाई पुनः सोही ठाउँमा पठाइएको छ । उनी डिआइजीले चलाउने काठमाडौँंस्थित स्टाफ कलेजमा निमित्त प्रमुख भई एक वर्ष बसेका थिए ।

जागिरका दौरान अधिकांश समय आकर्षक मालदार अनि सुगम र रोजिन्दा ठाउँमा सरुवा हुन सफल भए । माओवादीको नाम बेच्दै उनी कैलालीको टीकापुर, धनुषा र विपद् उद्धार गण सिनामंगललगायत विभिन्न कार्यालयको प्रमुख बनेका थिए । त्यसो त सशस्त्र प्रहरीमा कार्यालय प्रमुख नभैकन बस्नै नसक्नेमा भूपेन्द्र केसीहरूको नाम पनि लिने गरिएको छ । त्यसैगरी हाकिमबाहेक अर्थोक नहुनेमा एसएसपी कृष्णराज पाठक पनि पर्छन् ।

अहिले उनलाई दोहर्‍याएर कैलालीको बनबेहेडास्थित तालिम केन्द्रको कमाण्डेन्ट बनाइएको छ । उनलाई बाँकेको नौबस्ता तालिम केन्द्रमा प्रमुख हुँदा तालिमेहरूसँग पैसा उठाएर दम्पच गरेको आरोपमा छानबिनसमेत भएको थियो । यसैगरी, प्रकाश थापालाई निमित्त बाहिनीपति बनाएर सुर्खेत पठाइएको छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)