काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को सचिवालय बैठक साढे २ बजेसम्मका लागि सरेको छ ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि डाकिएको बैठक साढे २ बजेबाट सुरु भएको हो ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताका कारण बैठक २ बजेलाई सारिएको थियो।
बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनितिक विषयमा बैठकमा छलफल हुने बताइएको छ । यही भदौ १८ र १९ गते बसेको पार्टीको पोलिटब्यूरो बैठकले कार्ययोजनाको टुङ्गो सचिवालय बैठकलाई दिएको थियो ।