काठमाडौ । अमेरिकन ब्रान्ड ब्लाक एन्ड डेकरले यो ‘बिगर सेलिब्रेसन्स, बिगर जोयस’ नामक योजना सार्वजनिक गरेको छ । दशैँ–तिहार पर्वलाई लक्षित गरीकम्पनीले सार्वजनिक गरेको सो योजनामा ग्राहकले कम्पनीको साना होम एप्लायन्सहरूको खरिद गर्दा स्योर सट उपहार प्राप्त गर्नेछन्।
स्योर सट उपहार स्वरूपकम्पनीको ओएफआर हिटरको खरिदमा केटल प्राप्त गर्न सक्नेछन् भने एयर फ्रायर, माइक्रोवेभ ओभन, ओटीजी ओभन, इ–प्रेसर कुकर र भ्याकुम क्लिनरलगायतका उपकरणहरूको खरिदमा कफी मग उपहार प्राप्त गर्न सक्नेछन् । साथै, एयर ह्युमिडिफायरको खरिदमा अरोमा किट उपहार प्राप्त गर्न सक्नेछन्। साथै, कम्पनीले आफ्नो सबै सामानहरूमा आकर्षक छुट पनि रहेको छ।
कम्पनीले जीवनलाई अझ सजिलो र सुविधाजनक बनाउने लक्ष्य राख्दै आएको छ । यो योजनाको लाभ भदौ २३ गतेदेखि सीमित अवधिका लागि नेपालभर उठाउन सकिने कम्पनीको भनाई छ।