बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

घट्यो आज सुनको भाउ, कतिमा भइरहेको छ कारोबार ?

बिहिबार, भाद्र २७ २०८१

काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको भाउ घटेको छ।

बुधबार प्रतितोला एक हजार रूपैयाँ बढेर नयाँ रेकर्ड बनाएको सुनको भाउ आज प्रतितोला एक सय रूपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य भने बढेको छ।
बुधबार प्रतितोला एक हजार सात सय ८० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार सात सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो।