बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

बेष्ट फाईनान्सद्वारा जलपा पुुस्तकालयलाई सहयोग

सोमबार, माघ २८ २०७५

काठमाडौं माघ, २८–
बेष्ट फाईनान्सले पुुस्तकालयलाई सहयोग गरेको छ । फाईनान्सले संस्थागित सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत काठमाडौं जिल्ला, टोखा नगरपालिका वडा नं. ८ स्थित जलपा पुस्तकालयका लागि बाल साहित्य तथा बाल कथामा आधरित विभिन्न पुस्तकहरु सहयोग गरेको हो ।  
फाईनान्सका अनुसार उक्त पुस्तकहरु संस्थाका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले पुस्तकालयका अध्यक्ष नरबहादुर वि.सी.लाई एक कार्यक्रमकाबीच हस्तान्तरण गरेका हुन् । पुुस्तक हस्तान्तरण समारोहमा फाईनान्सका नायव प्रमुुख कार्यकारी अधिकृत राजेश प्रसाद मानन्धर सहित फाईनान्सका अन्य अधिकारीहरु एवं पुुस्तकालयका अन्य पदाधिकारीहरु समेतको उपस्थिती रहेको थियो ।