काठमाडौं माघ, २८–
प्रधानमन्त्री केपी शर्मा ओलीले केही जनतालाई निराश बनाउन अनुचित र अनुपयुक्त प्रयास भइरहेको बताएका छन् । जनताको अपेक्षा अनुसार काम गर्ने आधार तय भइरहेका बेला स्वार्थी तत्वले जनतामा निराशा फैलाउने काम गरेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
सोमबार गृह मन्त्रालयमा आयोजित प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले मुलुकलाई अन्धरकार युगमा राखिरहने प्रयास अझै पनि भइरहेको भन्दै त्यस्ता प्रवृत्तिविरुद्ध लड्नुपर्ने बताए ।
उनले नेपालमा वैदेशिक लगानी भित्र्न नदिन चैत्र दोस्रो साता आयोजना हुन गइरहेको ‘नेपाल लगानी सम्मेलन’ भाँड्ने तत्वहरु पनि सक्रिय भइरहेको जिकिर दावी गरे ।
प्रधानमन्त्री ओलीले केही दिनअघि अरुण तेस्रो जलविद्युत आयोजनाको मेसिन जलाउने लगायतका गतिविधि भएको उल्लेख गर्दै सैहृय नहुने चेतावनी दिए । मुलुकमा विद्युतिकरण हुन नदिन त्यस्ता खालको गतिविधि भइरहेको उनको भनाइ छ ।