बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

आज कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

सोमबार, माघ २८ २०७५

काठमाडौं माघ, २८–
आज नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । केहीबेरमा पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा  नेपाल विद्यार्थी संघका बारेमा छलफल हुने बताईएको छ ।  दुई पटक समयावधि थपिदा पनि महाधिवेशन नभएपछि थप निर्णय लिन कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको हो ।
नेविसंघको वर्तमान कार्यसमितिको दुई पटक गरि पाँच महिना म्याद थपिएको थियो । तर, महाधिवेशन नगरिएपछि विवाद चर्किएको छ ।

आजको बैठकमा नेविसंघ वर्तमान कार्यसमितिको म्याद थप्ने वा भंग गरेर तदर्थ समिति बनाउने भन्ने विषयमा छलफल हुने जनाएको छ ।