बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

राष्ट्रियसभाका अध्यक्षकै सचिवालयका ४ कर्मचारीको बैंक खाता पुगेन

सोमबार, माघ २८ २०७५

काठमाडौं माघ, २८–राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको सचिवालयका ६ मध्ये ४ जनाको बैंक खाता सचिवालयलाई उपलब्ध हुन बाँकी छ ।

सभामुख तथा अध्यक्षको सचिवालयमा ऐनअनुसार प्रमुख स्वकीय सचिव, दुईजना स्वकीय सचिव, दुईजना सवारीचालक र दुई कार्यालय सहयोगी रहन्छन् ।

तर, अध्यक्ष तिमल्सिनाको सचिवालयका ४ जना कर्मचारीको बैंक खाता सचिवालयमा पुगेको छैन । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।