काठमाडौं माघ, २७–
नेपाल राष्ट्र बैकले भोलि सोमबार दुई अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ । परिपक्व हुने अवधि ९१ दिन तोकेर उक्त परिमाणमा ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैकले जानकारी दिएको छ ।
ट्रेजरी खरिदको लागि सोमबार अपरान्ह तीन बजेसम्म आवेदन दिनुपर्ने छ । परिपक्व हुने अवधि आगामी बैशाख एक गते तोकिएको छ । यसअघि पनि राष्ट्र बैकले गत हप्ता अर्थात यही माघ २१ गते २८ दिने अवधिको तीन अर्ब २५ करोड र ९१ दिने अवधिको एक अर्ब ९१ करोड रुपैयाँको ट्रेजरी बिक्री गरेको थियो ।