बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

खैरो हिरोइन विक्री गर्न खोज्ने नेपाली सेनाका जवान पक्राउ

आइतबार, माघ २७ २०७५

काठमाडौं माघ, २७–
अवैध लागूऔषध खैरो हिरोइनसहित नेपाली सेनाका एक जवान पक्राउ परेका छन् । प्रहरीले   कैलालीको बर्दगोरिया गाउँपालिका–१ का २४ वर्षीय ऐकेन्द्र शाहीलाई पक्राउ गरेको हो । 

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले शाहीसँगै घोडाघोडी नगरपालिका(६ का २३ वर्षीय कृष्ण भण्डारीलाई पनि पक्राउ गरेको छ । उनीहरुको साथबाट २२ ग्राम लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ । 

 पक्राउ परेपछि शाहीले आफू ललितपुरमा कार्यरत् सैनिक जवान भएको खुलाएका थिए । उनीहरुले हिरोइन विक्री गर्ने उद्देश्यले काठमाडौं(२६ स्थित सगरमाथा गेष्टहाउसको कोठा नं. १०३ मा बसेका थिए ।

विशेष सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरी टोलीले उनीहरुको शरीरमा खानतलासी गरेर लागूऔषध बरामद गरेको थियो ।