बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

एसएसपी बढुवामा नाम नपरेपछि एसपी उप्रेतीद्वारा राजीनामा

आइतबार, माघ २७ २०७५

काठमाडौं माघ, २७–
 बढुवा सिफारिसमा नपरेपछि नेपाल प्रहरीका उपरीक्षक (एसपी) नरेन्द्र उप्रेतीले राजीनामा दिएका छन् । उनले एसएसपी बढुवामा असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् । 
शनिबार बसेको बढुवा सिफारिस समितिको बैठकले १४ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न सिफारिस गरेको थियो ।  एसएसपी बढुवाका लागि प्रबल दाबेदार रहेका  उप्रेतीले आफ्नो नाम नपरेपछि राजीनामा दिएका हुन् । 

उनले आइतबार प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका छन् । हाल उनी महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुमा कार्यरत थिए ।