काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसारअमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९५ पैसा र बिक्री दर १३४ रुपैयाँ ५५ पैसा रहेको छ ।
त्यस्तै, युरो एकको खरिद दर १४९ रुपैयाँ ५६ पैसा र बिक्री दर १५० रुपैयाँ २३ पैसा रहेको बैंकले जनाएको छ।
यस्तै बेलायती पाउण्ड एकको खरिद दर १७६ रुपैयाँ ६० पैसा र बिक्री दर १७७ रुपैयाँ ३९ पैसा तथा कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७३ पैसा र बिक्री दर ३६ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
