काठमाडौं माघ, २२–
एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड र अल्का हस्पिटलबीच नगद रहित स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा अल्का हस्पिटलका कार्यकारी निर्देशक विद्या श्रेष्ठ थापा र एभरेष्ट इन्स्योरेन्सका सहायक महा प्रबन्धक मनोज सिंह भण्डारीले हस्ताक्षर गरेकाछन् ।
सम्झौता अन्तर्गत एभरेष्ट इन्स्योरेन्स कम्पनी बाट एभरेष्ट हेल्थ केयरबाट स्वास्थ्य बीमा लेख लिनु भएका ग्राहकहरुले अल्का हस्पिटलमा भर्ना भई उपचार गराउँदा उक्त हस्पिटलबाट नगद रहित उपचार सेवा उपयोग गर्न पाउने छन् र उपचार पुर्व नगद जुटाउने झन्झट बाट मुक्त हुनेछन् ।