आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

विदेशी मुद्राको विनिमय दर थाहा पाउनुहोस्

शुक्रबार, भाद्र ७ २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज २०८१ साल भदौ ७ गते शुक्रबार सन् २०२४ अगष्ट २३ तारिखका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

शुक्रबार अमेरिकी डलर, यूरो, बेलायती पाउण्ड र कतारी रियालको विदेशी विनिमय दर बढेको हो ।

अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०३ पैसा र बिक्री दर १३४ रुपैयाँ ६३ पैसा पुगेको छ। युरो एकको खरिद दर १४९ रुपैयाँ २४ पैसा र बिक्री दर १४९ रुपैयाँ ९७ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १७५ रुपैयाँ ७६ पैसा र बिक्री दर १७६ रुपैयाँ ५५ पैसा पुगेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।