सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

आज सुनको मूल्य घट्दा, चाँदीको स्थिर

सोमबार, भाद्र ३ २०८१

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ ।

सोमबार सुन तोलामा ३ सयले घटेर एक लाख ५२ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि आइतबार सुनको मूल्य अहिलेसम्मकै बढी कायम हुँदै तोलाको १ लाख ५२ हजार ६ सय रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला १८१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।