सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

सुनको मूल्यमा नयाँ कीर्तिमान, एकैदिन बढ्याे ३ हजार

आइतबार, भाद्र २ २०८१

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेर कीर्तिमान कायम गरेकाे छ ।

आइतबार सुन तोलामा ३ हजारले बढेर एक लाख ५२ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार सुनको मूल्य तोलाको १ लाख ४९ हजार ६ सय रहेको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला ५० रुपैयाँले बढेर १ हजार ८१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।