आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

आज कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार?

सोमबार, साउन २८ २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज २०८१ साल साउन २८ गते सोमबार सन् २०२४ अगष्ट १२ तारिखका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

आज अमेरिकी डलर स्थिर रहेको छ। युरो घट्दा बेलायती पाउण्डको विनिमयदर बढेको छ। कतारी रियालको खरिद दर स्थिर रहँदा बिक्री दर बढेको छ।

अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०४ पैसा र बिक्री दर १३४ रुपैयाँ ६४ पैसा पुगेको छ।युरो एकको खरिद दर १४६ रुपैयाँ ३२ पैसा र बिक्री दर १४६ रुपैयाँ ९८ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ०८ पैसा र बिक्री दर १७१ रुपैयाँ ८४ पैसा पुगेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।