काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १४०० रुपैयाँ घटेको छ ।
आज सुन प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ४७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यसअघि सोमबार हालसम्मकै उच्च १ लाख ५० हजार रुपैयाँ थियो ।
त्यस्तै चाँदीको भाउ पनि अघिल्लो दिनको तुलनामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन १७२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १७१० मा झरेको छ ।