सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

घट्यो सुनचाँदीको भाउ, कति छ आज ?

आइतबार, साउन २० २०८१

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ घटेको छ ।

शुक्रबार प्रतितोला पाँच सय रूपैयाँ बढेर ऐतिहासिक रेकर्ड राख्न पुगेको सुनको भाउ आज प्रतितोला दुई सय रूपैयाँ घटेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार सात २५ सय रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार नौ सय १० रूपैयाँमा कारोबार भएको थियो।

आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ८५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

शुक्रबार चाँदी प्रतितोला एक हजार सात सय ९५ रूपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।