बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

राष्ट्र बैंकले दुई अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने

आइतबार, माघ १३ २०७५

काठमाडौं माघ, १३–
भोलि सोमबार नेपाल राष्ट्र बैंकले दुई अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार बोलकवोलका बिक्री गर्ने गरी उक्त ट्रेजरी  जारी गर्न लागिएको हो । 
परिपक्व हुने अवधि ९२ दिन अर्थात २०७६ बैशाख १७ गते तोकिएको उक्त  ट्रेजरी  खरिदको लागि भोलि सोमबार अपरान्ह दुई बजेसम्म आवेदन दिन सकिने छ । यसअघि यही माघ सात गते पनि राष्ट्र बैंकले ९१ दिने अवधिको पाँच अर्ब ५० करोड रुपैयाँको  ट्रेजरी  जारी गरेको थियो ।