बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रभु बैंकले थप्यो बागलुङमा चार शाखा

मंगलबार, साउन १५ २०८१

काठमाडौं । प्रभु बैंकले बागलुङमा चार शाखा विस्तार गरेको छ । ढोरपाटन नगरपालिका–७, बोवाङ, निसीखोला गाउँपालिका–५, निसी, बडिगाड गाउँपालिका–२, खरबाङ र बडिगाड–७, भिमगिठेमा शाखा विस्तार गरिएको बैंकले जनाएको छ । बैंकका संस्थापक अध्यक्ष देवीप्रकाश भट्टचनले चार वटै शाखाको उद्घाटन गरेका हुन्।

आफ्नो व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँमा शाखा कार्यालय सञ्चालन गरेर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरुपमा बैंकिङ सेवा विस्तार गरेको बैंकले जनाएको छ । बैंकको यस अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धिमात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको विश्वास व्यक्त गरिएको छ।

बागलुङमा विस्तार भएकाचार शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारण, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाले आधुनिक बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले विश्वास लिएको छ । ग्राहकको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा प्रभुले हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित भएको थियो।

नेपालभर तीन सय १३ शाखा कार्यालय, दुई सय ८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको र अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धीरुपमा अगाडि बढिरहेको बैंकले जनाएको छ । साथै बैंक छोटो समयको अन्तरालमा नै फिनाकल इन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाटसमेत सम्मानित भइसकेको छ।