काठमाडौं । कुमारी बैंक लिमिटेड र बुद्ध एयरबिच सम्झौंता भएको छ । कुमारी बैंकका ग्राहक र उनीहरूको परिवारका सदस्यहरूलाई बुद्ध एयरबाट यात्रा गर्दा टिकटमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो।
सम्झौता अनुसार कुमारी बैंकका ग्राहक र उनीहरूको परिवारका सदस्यहरू (बुवा, आमा, श्रीमती र छोरा÷छोरी)को लागि कुमारी बैंकको डेबिट÷क्रेडिट कार्ड अथवा क्यूआरद्वारा बुद्ध एयरको काउण्टरबाट प्लेन टिकट खरिद गर्दा आठ प्रतिशत छुट प्राप्त गर्न सकिने र यसमा शर्तहरु लागु हुने बैंकको भनाई छ । यो छुट लिन ग्राहकहरुले कुमारी बैंकको डेविट÷क्रेडिट÷प्रिभिलेज कार्ड साथमा लानुपर्नेछ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ।
बैंकले हाल देशभर रहेका आफ्ना तीन सय दुई वटा शाखा सञ्जाल, तीन सय १४ वटा एटिएम काउन्टर, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । आगामी दिनहरुमा पनि बैंकले अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ।