काठमाडौ। प्रधानमन्त्री केपी ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषद्को बैठकले रिमाललाई प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्ति गरेको हो । रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार थिए ।
त्यस्तै प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा.युवराज खतिवडा नियुक्त भएका छन् । उनी २०७४ सालमा ओली मन्त्रिपरिषदमा अर्थमन्त्री थिए।
राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिएपछि पनि ओलीले उनलाई ६ महिनासम्म अर्थमन्त्री नियुक्त गरेका थिए।