सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

आज पनि बढ्यो सुनको भाउ

बिहिबार, साउन ३ २०८१

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु तीन सयले घटेको छ । बुधबार प्रतितोला रु एक लाख ४९ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आज भने रु एक लाख ४९ हजार पाँच सय निर्धारण भएको छ ।

बुधबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो ।

त्यस्तै, बुधबार प्रतितोला रु एक लाख ४९ हजार एक सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ४८ हजार आठ सय निर्धारण भएको छ । त्यस्तै चाँदीको मूल्य तोलामा रु ३५ ले घटेको छ ।

बुधबार प्रतितोला रु एक हजार आठ सय ९५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय ६० निर्धारण भएको छ ।