बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

ग्लोबल आइएमई बैंक, नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को आधिकारिक बैंक

मंगलबार, माघ १ २०७५

काठमाडौ माघ, १– 
नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) ले सोमबार सम्पन्न आफ्नो १३ औँ बार्षिक साधारण सभा मार्फत ग्लोबल आइएमई बैंक लिमिटेडलाई आधिकारिक बैंक छनोट गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सम्भौतापत्रमा नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष विष्णुहरि पाण्डे र ग्लोबल आइएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाढले हस्ताक्षर गरेका हुुन् । 
ईक्यान नेपालको सबैभन्दा ठुलो गुणस्तरिय वैदेशिक शैक्षिक परामर्श प्रदान गर्ने संस्थाहरुको छाता संगठन हो । सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले नेपाल शैक्षिक परामर्श संघसंग आबद्ध कन्सल्टेन्सिहरुको सिफारिसमा विदेशमा उच्च शिक्षा अध्ययनका लागि विद्मार्थीहरुलाई सरल र सुलभ तरिकाले बढीमा तीन कार्य दिनभित्र बैंकले शैक्षिक कर्जा सम्बन्धी निर्णय गर्नेछ । 
बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउनेउ द्देश्यले एक सय ३३ शाखा, एक सय ४२ एटिएम, सात वटा एक्सटेन्सन काउण्टर, १५ राजस्व संकलन काउण्टर, एक सय १७ वटा शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर तीन वटा प्रतिनिधि÷सम्पर्क कार्यालयमार्फत आफ्ना नौ लाख ५० हजार भन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईबर बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन,अष्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउने कार्यमा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।