सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

घट्यो सुनको मूल्य

मंगलबार, असार २५ २०८१

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले ओरालो लागेको छ ।

सोमबार प्रतितोला एक लाख ४५ हजारमा कारोबार भएको छापावाला सुन आज मंगलबार भने एक लाख ४४ हजार एक सय निर्धारण भएको छ ।

यस्तै, सोमबार प्रतितोला एक लाख ४४ हजार तीन सयमा कारोबार भएको तेजाबी सुन आज भने एक लाख ४३ हजार चार सय निर्धारण भएको छ ।

चाँदीको मूल्य भने तोलामा पाँचले घटेको छ । सोमबार प्रतितोला एक हजार आठ सय ९० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार आठ सय ८५ निर्धारण भएको छ ।