बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

विदेशी मुद्राको विनिमय दर थाहा पाउनुहाेस्

सोमबार, असार २४ २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज २०८१ साल असार २४ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

लगातार बढेको बेलायती पाउण्डको खरिदले १७० नाघ्दा र बिक्री दर १७१ दशमलव ५० रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर स्थिर छ । कतारी रियालको खरिद दर स्थित छ भने बिक्रीदर घटेको छ । आजका लागि यूरोको विनिमयदर सामान्य अंकमा बढेको छ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २८ पैसा र बिक्री दर १३३ रुपैयाँ ८८ पैसा पुगेको छ।युरो एकको खरिद दर १४४ रुपैयाँ ४५ पैसा र बिक्री दर १४५ रुपैयाँ १० पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तै  साउदी रियाल एकको खरिद दर ३५.५३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६९ रुपैयाँ रहेको छ ।

आजको विदेशी मुद्राको विनिमय दर