बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

माघको पहिलो सातासम्ममा पार्टी एकता टुंगो लाग्ने बादलको ठोकुवा

शुक्रबार, पुष २७ २०७५

 वीरगञ्ज पुस, २७–
 गृहमन्त्री समेत रहेका नेकपाका सचिवालय सदस्य  रामबहादुर थापा वादलले छिट्टै पार्टी एकता टुंगोमा पुग्ने बताएका छन् । 
 शुक्रबार पर्साको वीरगञ्जमा रहेको नेकपाको पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता थापाले   माघको पहिलो सातासम्ममा एकता प्रक्रिया टुंगोमा पुग्ने प्रष्ट पारे । 
उनले भने ‘हामीलाई थाहा छ पर्सालगायत देशका केही जिल्लामा एकता प्रक्रियामा समस्या छ । एकता प्रक्रियाका बाँकी काम यही महिनामा पूरा गर्ने सोच पार्टीको छ, आशा छ यो महिना भित्र वा ढिला भएको खण्डमा माघको पहिलो सातासम्ममा एकताका बाँकी काम पूरा हुन्छ ।’

नेकपा नेतृत्वको संयुक्त सरकारले समाजवाद निर्माण गर्दै साम्यवादसम्म पुग्नका लागि ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारा लिएको उनको तर्क छ ।