सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो आज ?

शुक्रबार, असार २१ २०८१

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

महासंघका अनुसार शुक्रबार सुन तोलामा १ सय रुपैयाँले बढेको छ ।

आज छापावाला सुन प्रतितोला रु एक सयले वृद्धि भएको हो ।

बिहीबार प्रतितोला रु एक लाख ४४ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ४४ हजार चार सय निर्धारण भएको छ ।

तेजाबी सुन बिहीबार प्रतितोला रु एक लाख ४३ हजार छ सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४३ हजार सात सय निर्धारण भएको छ ।

चाँदीको मूल्य बिहीबार प्रतितोला रु एक हजार आठ सय ६५ मा कारोबार भएकामा आजका लागि भने रु एक हजार आठ सय ७० निर्धारण भएको छ ।