बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

प्रधानमन्त्रीलाई नेविसंघको ब्यंग्यः रानीपोखरीमा फुटबल खेल आयोजना

मंगलबार, पुष २४ २०७५

काठमाडौं पुस, २४– 
नेपाल विद्यार्थी संघले प्रधानमन्त्रीलाई ब्यंग्य गर्दै रानीपोखरीमा फुटबल खेल आयोजना गरेको छ ।  मंगलबार काठमाडौंको रानीपोखरीमा शंकरदेव, त्रिचन्द्र, रत्नराज्य र नेपााल कमर्स क्याम्पसका विद्यार्थीहरुले  डेढ घण्टासम्म फुटबल खेलेका हुन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रगति विवरणमा रानीपोखरीलाई फुटबल मैदान बनाएको विषय छुटेको भन्दै ब्यंग्यसमेत गरे ।
देशको विकास निर्माणको अवस्था के छ भन्ने उदाहरण रानीपोखरीले देखाउने भएकाले सरकारलाई रचनात्मक तरिकाले ब्यंग्य गरिएको नेपाल विद्यार्थी संघले जनाएको छ । 

विरोधको शैलीलाई सिर्जनात्मक र रचनात्मक बनाउने प्रयासस्वरुप रानीपोखरीमा फुटबल खेलेको नेविसंघका नेताहरुले बताएका छन् ।