बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

यस्तो छ राजेश पायलको ‘मनको सारङ्गी’

मंगलबार, असार ११ २०८१

काठमाडौं । गायक राजेश पायल राईको नयाँ गीत ‘मेरो मनको सारङ्गी’ सार्वजनिक भएको छ । सरिता लिङ्देनको शब्द रहेको यो गीतमा मञ्जु मितेरीले संगीत भरेका छन।

यो गीतमा गायक तथा संगीतकार बादल लिम्बुको एरेन्ज रहेको छ । नेत्र नेपाली रेकर्डिस्ट रहेको यो गीतको भिडियोमा राजेश पायल स्वयम् फिचर्ड छन् । रोमान्टिक शैलीमा गाइएको यो प्रेम गीतलाई मुन्धुम स्टुडियोले बजारमा ल्याएको हो । गीतलाई प्रफुल्ल तुम्बाम्फेले निर्माण गरेका हुन्।

हेर्नुस् गीत :