काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।
आज छापावाल सुन तोलाको १ लाख ४२ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलाको ५ रुपैयाँले घटेर प्रतितोला १८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।