सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

आज फेरि बढ्यो सुनचाँदीको मूल्य

सोमबार, असार १० २०८१

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

आइतबार प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ३ सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

आज चाँदीको मूल्य तोलाको ५ रुपैयाँले बढेर प्रतितोला १८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।