बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

शुक्रबार, असार ७ २०८१

काठमाडौं । रौतहटको गुजरा नगरपालिका–७ औरिडीस्थित सडकमा ना.१७ प ५८७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४५ वर्षीय सुरेन्द्र विश्व७कर्माको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चपुरस्थित सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

सुनसरीको बराहक्षेत्र नगरपालिका–३ राजधानी चोकमा प्रदेश १–०२–००३ ह ७८९८ नम्बरको सिटी सफारी र प्रदेश १–०२–०५३ प ३१६७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक उदयपुर बेलका नगरपालिका–९ बस्ने ४५ वर्षीय पदम खड्काको मृत्यु भएको छ । गत जेठ ३० गते बिहान भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्भिक अस्पताल काठमाडौंमा थप उपचारको क्रममा गएराति मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।